Search

भीमेश्वर नगरपालीका स्थित तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण

भीमेश्वर नगरपालीका स्थित तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई स्कुल व्याग र स्टेशनरी एक समारोहका बिच हस्तान्तरण गरिएको छ । चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा सफा सुनौलो नेपालको समन्वयमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठज्युको प्रमुख आतिथ्यता उक्त शैक्षिक सामाग्री र ब्याग हस्तारन्तर गरिएको हो ।

समाजसेवी एवं नेपाली काँग्रेस दोलखाका युवा नेता राकेश श्रेष्ठको विशेष पहलमा उक्त शैक्षिक सामाग्री र व्याग हस्तान्तर गरिएको हो । यसै गरी दोलखा जिल्लाका २६ वटा स्कूलहरुलाई शैक्षिक सामाग्री र व्याग हस्तान्तरण गरिने कार्यक्रम अनुसार यसभन्दा अगाडी भीममाध्यमिक विद्यालय, दोलखा, त्रिभुवन मा बि मेलुग, कालिन्चोक मा बि चरिकोट, गुजर्पा निमावि लापिलाङ, चेर्दुगं प्रावि जिरी, बिरेन्द्र माबि शैलुङ, सर्बा माबि जिलु र राजकुलेश्व निमाबि लगायतका एकदर्जन भन्दा बढी स्कुलहरुमा यसै गरी शैक्षिक सामाग्री र व्याग हस्तान्तर गरिएको र केही स्कूलहरुमा हस्तान्तरण कार्यक्रम बाँकी रहेको युवा नेता राकेश श्रेष्ठले बताउनु भयो ।

उक्त हस्तान्तरण कार्यक्रममा बिद्यालय नगर समिति सदस्य, ब्यबस्थापन समिति पदाधिकारीज्यु, अभिभावक, विद्यार्थीहरु, शिक्षकज्यु, जनप्रतिनिधिज्यु, समाजसेवी तथा बुद्धिजीवी ,पत्रकार र सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा सभ्य र भब्य रूपमा कार्यक्रम सम्पन्न भएको नेता श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!