Search

एनआरएनए को राष्ट्रिय समन्वय परिषदको ६० वटा देशमा निर्वाचन सम्पन्न

एनआरएनए को राष्ट्रिय समन्वय परिषदको ६० वटा देशमा निर्वाचन सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध , ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाइनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन र विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

महासचिव शर्माका अनुसार राष्ट्रिय समन्वय परिषद् यूएईमा आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । उनले यूएईमा छिटै निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको समेत बताए ।

यस्तै, उनले राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका (केही क्षेत्रमा स्थगित) निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए ।

विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् रहेका र तीमध्ये विभिन्न २० वटा राष्ट्रिय समन्वय परिषदहरू लामो समयदेखि निष्क्रिय छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!