Search

बागमती प्रदेशले हालसम्म १३० वटा कानून तयार

बागमती प्रदेशले हालसम्म १३० वटा कानून तयार

बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेशमा हालसम्म १३० वटा कानून तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेशबाट जारी भई प्रदेश राजपत्रमा प्रकाशन भएका ती कानुनबारे मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले बनेको कानुनमध्ये दुईवटा आदेश खारेज भएको जनाएको छ ।

हालसम्म बनेका कानुनमध्ये ऐन ५० वटा जारी र ११ वटा संशोधन गरी जम्मा ६१ वटा रहेका छन् । यसैगरी २० वटा जारी र ९ वटा संशोधनसहित २९ वटा नियमावली रहेका छन् । तीन अध्यादेश रहेको छ । एक संशोधन र एक जारी गरी जम्मा विनियमावली रहेको मन्त्रालयले जनाएको छ । दुई जारी र एक संशोधनसहित वटा निर्देशिका, १७ वटा जारी र दुईवटा संशोधनसहित १९ वटा कार्यविधि रहेको मन्त्रालयले उल्लेख गरेको छ । त्यसैगरी दुईवटा मापदण्ड र ११ वटा आदेश रहेकामा दुईवटा आदेश खारेज भएको मन्त्रालयले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!