Search

२ हजार ९ शय ७५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

२ हजार ९ शय ७५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौैं । पछिल्लो २४ घण्टामा २ हजार ९ शय ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ४ हजार ९ शय ४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५ शय ३५ जना कोरोना संक्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९ शय ९७ जनाको मृत्यु भैसकेको छ ।

अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!