Search

दोलखा जिल्लाको ७ वटा स्थानिय तहमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाउने

दोलखा जिल्लाको ७ वटा स्थानिय तहमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाउने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड १९ खोप समन्वय समितिको हिजो साउन १९ गते बसेको बैठकले कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा लगाउने ७ वटा स्थानिय तहमा लगाएने भएको छ । जसमा विगु र गौरीशंकर गाउँपालिका बाहेकका अन्य सात वटा स्थानीय तहमा भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

यसै गरी जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, तामाकोशी गाउँपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका र बैतेश्वर गाउँपालिकाका ५५ वर्ष उमेर समुह माथिका मात्रा छुटेका सबै नागरिकहरुलाई आगामी २३ देखि २५ गतेसम्म कोभिड १९ विरुद्ध भेरोसिल खोपको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

त्यसै गरी जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक, तामाकोशी, शैलुङ, मेलुङ र बैतेश्वरमा गाउँपालिकामा आगामी २८ देखि ३० गतेसम्म भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको छ । कोभिड १९ विरुद्धको पहिलो मात्रा लगाएकाहरुलाई आगामी २८ देखि ३० गतेसम्म भेरोसिल खोपको दोस्रो मात्रा लगाउने भएको हो ।

सात वटै पालिकाका सबै स्वास्स्थ्य संस्था तथा खोप केन्द्र मार्फत कोभिड १९ विरुद्धको खोप भेरोसिलको दोस्रो मात्रा लगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो । वहाँका अनुसार खोप लगाउनका लागि ५५ वर्ष उमेर समुह माथिका मात्रा छुटेका सबै नागरिकहरुले आ आफ्नो नागरिकता वा उमेर खुल्ने सरकारी कागजात साथमा लानुपर्ने छ ।

यसै गरी सम्बन्धित पालिकाहरुले तोकेको दिन तथा खोप केन्द्रमा गई भिडभाड नगरि पालैपालो खोप लगाउन स्वास्थ्य कार्यालय दोलखाले आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!