Search

गुड्ने होईन अव उड्ने चलाउने हो : समिर प्रधान, लिष्टीकोट, सिन्धुपाल्चोक (भिडियो सहित)

गुड्ने होईन अव उड्ने चलाउने हो : समिर प्रधान, लिष्टीकोट, सिन्धुपाल्चोक (भिडियो सहित)

बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालीका वडा नं. १ लिष्टीकोट निवासी बुबा चमेरे प्रधान र आमा मनकुमारी प्रधानको कोखबाट वि.संं. २०६५ साल साउन ३० गते प्रशुती गृह थापथलीमा कान्छा छोरा समिर प्रधानको जन्म भएको हो ।

१० बर्षको उमेर देखि अर्थात २०७६ सालदेखि बुलेडो गाडीबाट आफ्नो डाईभिङ शुरु गरेका १२ बर्षे बालक समिर प्रधानले आफुले अहिलेसम्ममा गुड्ने सवै दुई पाग्रे मोटरसाईकलदेखि लिएर चार पांग्रे गाडीहरु बस, ट्रक, लहरी, स्कोभेटर र ट्रयाक्टर समेत चलाई सकेको र अव उड्ने मात्र चलाउन बाँकी रहेको र सोही अनुसार शिक्षा हासिल गर्ने उद्देश्य राखेको बताउनु हुुन्छ । उड्नेमा पनी हेलिकोप्टर चलाउने आफ्नो विशेष रहर भएको बताउनु हुन्छ ।

समिर प्रधान पिता चमेरे प्रधानको साथमा

पेशाको हिसावले बुबा चमेरे प्रधान व्यवसायी र व्यवसायको क्रममा बुलेडोमा सामान ओसार पसार गर्ने क्रममा बाबु संग आफु पनी हिड्ने गरेको र बाबु संग हिड्दा हिड्दै आफुले बुलेडो चलाएको स्मरण गर्दै दुई पांग्रे मोटरसाईकलदेखि चारपांग्रै खाडीहरु बिना तालिम चलाउन सकेको बताउनु हुन्छ ।

अहिलेपनी बिहान बेलुका बुलेडो चलाउने गरेको र दिउँसो स्कुल जाने गरेको भएपनी कोभिड १९ को संक्रमणको कारणले गर्दा हाल स्कुल बन्द भएकोले यो रुटिङमा केही परिवर्तन भएको बताउदै गाडी चलाएर केही आफुलाई पकेट खर्च आउने गरेको र केही घरमा परिवारलाई दिने गरेको बताउछ ।

यस बारेमा बुबा चमेरे प्रधानसँग जिज्ञासा राख्दा आफुनै छोराको आँट अनी शक्ती देखेर अचम्म भएको बताउनु हुन्छ । भगवानबाट बरदान के प्राप्त गरेर आएको छ त्यो त मलाई थाहा छैन तर पनी उसको हरेक क्रियाकलापहरु देख्दा मलाई सामान्य लाग्ने भएतापनी मोटरसाईकलदेखी गाडी चलाउने क्रियाकलापले आश्चर्य नै तुल्याएको बताउनु हुन्छ ।

शुरुमा म संग बुलेडो गाडीमा हिड्ने गरेको थियो । तरपनी मैले गाडी चलाउन भने सिकाएको छैन । पनी आफैले दुई पांग्रे मोटरसाईकलदेखि ट्याक्सीदेखि ठुलो ठुलो ह्याब्बी गाडीहरु चलाउने आँट गरेको देखेर म आफ्नो छोरा प्रति गौरव गर्छु भन्नु भयो ।
आज का.म.न.पा. वडा नंं ३ बसुन्धरा स्थित जम्काभेट भएको बुबा चमेरे प्रधानको सहयोगमा समिर प्रधान संग भेटघाटको क्रममा भएको कुराकानी यहाँहरुको लागि प्रस्तुत गरेका छौं । सम्मान गरौ अद्भुद शक्तीका धनी समीर प्रधानलाई ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!