Search

यातायात व्यवस्था विभागले साउन अन्तिम साता देखि लाईसेनको ट्रायलका लागि आवेदन खुलाउने तयारी

यातायात व्यवस्था विभागले साउन अन्तिम साता देखि लाईसेनको ट्रायलका लागि आवेदन खुलाउने तयारी

बाँपीझ्याला, काठमाडौं । दशैंअघि सवारीचालक अनुमतिपत्र लाईसेनको परीक्षा खोल्न नसकिने बताएको यातायात व्यवस्था विभागले साउनदेखि नै परीक्षा लिने तयारी गरेको छ । निषेधाज्ञा खुलेर अवस्था सामान्य भएको भन्दै विभागले साउन अन्तिम साता ट्रायलका लागि आवेदन खुलाउने तयारी गरेको हो ।

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि ट्रायल परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए ।

विभागका महानिर्देशक नमराज घिमिरेले साउन अन्तिम साता सूचना सार्वजनिक गरी ट्रायल परीक्षा पुनः सञ्चालन गरिने जानकारी दिए । निषेधाज्ञाअघि नै ट्रायल परीक्षाका लागि आवेदन दिएकामध्ये ४ लाखले परीक्षा दिन बाँकी छ ।

अहिले निषेधाज्ञा पूर्णरूपमा नहटे पनि अन्य परीक्षा सञ्चालन हुन थालेकाले सवारीसाधनको ट्रायल खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए । उनले भने, ‘आगामी साता प्रदेश मातहतका कार्यालयसँग समेत छलफल गरी ट्रायल खोल्ने तयारी रहेको बताउनु भयो ।

विभागले लिखित र ट्रायल दुवैको मोडालिटी परिवर्तन गरेर विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ अनुसार परीक्षा लिन लागेको हो । विभागले यसअघि एउटै गल्ती भए पनि त्यस्ता चालकलाई अयोग्य ठहराई लाइसेन्सका लागि अस्वीकृत गर्दै आएको थियो ।

तर नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५०० प्रश्न सार्वजनिक गरी सोहीबाट प्रश्न सोध्ने तयारी गरिएको छ । यसैगरी ट्रायलमा पनि अब ७० अंक मात्रै प्राप्त गरे लाइसेन्स दिइने भएको छ । विभागले आवेदन भरेर ट्रायल दिन बाँकी रहेकाको ट्रायल खुला गर्ने र नयाँ आवेदन पनि खोल्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । यसअघि कोटा तोकेर आवेदन लिने व्यवस्था थियो ।

अब उक्त कोटा प्रणाली हटाएर ट्रायल खोल्न लागिएको उनले जानकारी दिए । विभागले यसै आर्थिक वर्षदेखि एकवर्षे परीक्षणकालीन लाइसेन्स दिने निर्णय पनि गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment