Search

आज दोलखामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

आज दोलखामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो २४ घण्टमा दोलखामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ४४ जनाको स्वाब परिक्षण गरिएकामा २१ जना र जिल्लाको ९ वटै पालीकातहमा १७ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १३ जनामा संक्रमण पुष्टि भएको हो ।


यसरी कोरोना पुष्टी हुनेमा भीमेश्वर नगरपालिकाका ११ पुरुष र ७ महिला, कालिञ्चोक गाउँपालिकाका १ पुरुष, गौरीशंकर गाउँपालिकाका १ पुरुष, विगु गाउँपालिकाका १ महिला, तामाकोशी गाउँपालिकाका ५ पुरुष र ५ महिला, शैलुङ गाउँपालिकाका २ महिला र बैतेश्वर गाउँपालिकाका १ पुरुष रहेका छन् ।

संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या ३ सय ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले प्रकाशित दैनिकी अध्यावधीमा जनाएको छ । यसै गरी आज एकैदिन ३६ जना संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट १० पुरुष र ७ महिला, विगु गाउँपाकिलकाबाट ९ पुरुष, कालिञ्चोक गाउँपालिकाबाट ६ पुरुष र ४ जना महिला निको भएका हुन् ।

यो संगै जिल्लामा हालसम्म २ हजार २ सय ९४ जनाले कोरोनालाई जितेका छन् । संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ८ जना छन् भने जिरी अस्पतालमा एक जना र सिंगटी अस्पतालमा ५ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ३ सय १७ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!