Search

लघुकथा–पढ्ने रहर

लघुकथा–पढ्ने रहर

हरि श्रेष्ठ
गत साल नभए पनि यो साल किताब कापी बोकेर स्कुल पढ्न जाने ठुलो रहर थियो । पल्लो घरे चमेली नानीलाई । तर के गर्नु, कोरोना महामारीको कारण समयमा विद्यालयमा भर्ना हुन सकेन ।

एक दिन उनकी आमा विद्यालय प्रशासनमा सम्पर्क गर्न गईन् र भनिन् –“नमस्कार सर । मेरी छोरी चमेली स्कुल पढ्न ज्यादै रहर गर्छे।कहिले स्कुल खुल्ला र पढ्न जाउँला भनि जिद्दी गर्छे । त्यसैले छोरीलाई भर्ना गर्न आएकी सर ।”

ए, अनि तपाईंको छोरी अहिले कति बर्षमा टेकिन् त? सरको प्रश्न थियो
सर, मेरी छोरी अहिले दस बर्ष भईन् ।

अनि किन ढिलो उमेरमा भर्ना गर्न ल्याउनु भो त? सरको गुनासो थियो ।
के गर्नु सर, घरबाट स्कुल धेरै टाढा छ त्यहि भएर ।

“हुन त पढ्ने मान्छेलाई उमेरले छेक्दैन भन्छन् होइन र भाउजू । ठिकै छ म हजुरको छोरी चमेलीको नाम दर्ता गरि दिन्छु ।

तर अहिले कोरोना महामारीको कारणले गर्दा विधालयमा आएर पठनपाठन कार्य गर्न बन्द गरिएको अबस्था छ । तैपनि किताबहरु लगेर जानुस् । हामी कुनै पनि बैकल्पिक माध्यमबाट तपाईंको छोरीलाई पढाउने कोशिस गर्नेछौं । पढाउन त हामी स्कुलमै बच्चाहरूलाई बोलाएर पढाउन सक्थ्यौ नि,तर के गर्नु ,मान्छे पो हाम्रो, रोग त हाम्रो होइन । त्यसैले यसलाई मध्यनजर राखि हामीहरुले काम गर्नुपर्ने हुन्छ, होइन र भाउजू !”

“त्यो त हो सर । अब स्कुल कहिले खुल्छ ,खबर पाउँ ?”
यसको लागि तपाईंले चिन्तै लिनुपर्दैन । हामीले फोनबाट भएपनि, तपाईंको घर घरमा आएर भएपनि कुनै न कुनै माध्यमबाट चमेली जस्ता धेरै नानीहरूलाई शिक्षाको उज्यालो घामबाट बञ्चित गराउने छैनौं । यो हाम्रो तपाईंहरुलाई बाचा भयो ।
हस् त सर, अब म लाग्छु पनि !

नमस्कार ।
नमस्कार । केही अप्ठ्याराहरु आईपर्यो भने मेरो फोनमा सम्पर्क गर्नुहोला। त्यसको समाधान हामीहरुले सक्दो मात्रामा गर्ने प्रयास गर्नेछौं ।

२०७८/०४/१७

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!