Search

पछिल्लो चरणमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा रहेकाले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय दोलखाको अपिल

पछिल्लो चरणमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा रहेकाले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय दोलखाको अपिल

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकाले जिल्लामा पनि थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आम सर्वसाधारणलाई सचेत गराएको छ । नेपालमा कोभिडका नयाँ भेरियन्टहरुको पहिचान भएको र निषेधाज्ञा केहि खुकुलो भएसंगै दोलखामा पनि पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण बढ्दो क्रममा रहेकाले जिल्लाबासीलाई सावधानी अपनाउन स्वास्थ्य कार्यालय दोलखाले अपिल जारी गर्दै आग्रह सहित बिज्ञप्ती निकालेको छ ।

नमुना संकलन गरि परिक्षण गरिएकामा डेल्टा भेरियन्ट सहित नयाँ भेरियन्टहरु समेत पुष्टि भइसकेको र यी भेरियन्टहरु संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्न सक्ने भएकाले आम दोलखा जिल्ला बासीले वर्तमान परिस्थितिलाई गम्भीरता पुर्वक मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गरि आफु र परिवारलाई संक्रमण हुनबाट बचाउन आग्रह गरेको छ ।

त्यसैगरी अति आवश्यक काममा बाहेक घरबाहिर, निस्कनै पर्ने भएमा नाक मुख छोप्ने गरि माक्स लगाउन, एकआपसमा भेट्दा कम्तीमा ५ हातको दुरी कायम राख्न, बारम्बार साबुन पानीले कम्तीमा २० सेकेन्ड सम्म मिचिमिचि हात धुन अनुरोध गरेको छ ।

हालसालै घरबाहिरबाट आएका परिवारका सदस्यहरु कम्तीमा १० दिन होम क्वारेन्टिनमा छुटै बसि परिवारका सदस्य एवंम गाउँघरमा घुलमिल नहुन, कोभिड १९ को शंका लागेमा स्थानीय स्वास्थ्यकर्मीहरुलाई तुरुन्त खबर गरि परिक्षण गर्न, कन्ट्रयाक ट्रेसिङमा परि स्वाब दिएका व्यक्तिहरु नेगेटिभ रिर्पोट नआउन्जेल घरमा आइसोलेशनमा बसि परिवार र समुदायलाई थप संक्रमण हुनबाट बचाउने कार्यमा जिम्मेवार बनिदिन समेत उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!