Search

काठमाण्डौंबाट सिंगटी तर्फ आउँदै गरेको बा ४ ख ५३६१ नम्बरको बस भीनपा-६ रमितेडाँडामा दुर्घटना हुँदा ४ घाइते

काठमाण्डौंबाट सिंगटी तर्फ आउँदै गरेको बा ४ ख ५३६१ नम्बरको बस भीनपा-६ रमितेडाँडामा दुर्घटना हुँदा ४ घाइते

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर –६ स्थित रमितेडाँडामा बस दुर्घटना भएको छ । यस बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमान्डौँबाट सिंगटी तर्फ आउँदै गरेको बा ४ ख ५३६१ नम्बरको बस आज दिउँसो करिब साडे १ बजे रमितेडाँडामा दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परि भीमेश्वर नगरपालिका वडा नम्बर ४ का ६४ वर्षिया देवी नेपाली, चरिकोट पार्टीखोलाका ३३ वर्षिया राजीव बस्नेत, शैलुङ गाउँपालिका वडा नम्बर ४ कि ३० वर्षिया आरती तामाङ र भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ४ कि २२ वर्षिया आइसा राई घाइते भएको दोलखाका प्रहरी प्रवक्त प्रहरी निरिक्षक अञ्जन कोइरालाले बताउनु भयो ।

घाइते मध्य राजीव बस्नेतको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको र बाँकी ३ जनाको अवस्था सामन्य रहेको प्रहरी प्रवक्त प्रहरी निरिक्षक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते ४ जनाकै सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

अरनिको यात्रुवाहक बस अनियन्त्रित हुँदा बसको आधा भाग सडकको नालामा खसको जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment