Search

बाल विवाहको परिणाम

बाल विवाहको परिणाम


हरि श्रेष्ठ
पण्डित बा ! ए पण्डित बा !! बाहिर हेर्नुस् त !
ए! रिठ्ठे पो रहेछ । माथि कोठामै आउन रिठ्ठे।के काम लिएर आयौ त ? कहिल्यै नआउने मान्छे, आज त कहाँबाट घाम झुल्केछ नि तिमीलाई !

पल्लो घरे हर्केले भन्या, “हजुरले पण्डितको साथसाथै लमीको काम पनि गर्नुहुन्छ रे । त्यसैले एउटा सानो सल्लाह गरुँकी भनेर आको थिएँ हजुर ।” रिठ्ठेले सुनायो ।

“ल भन रिठ्ठे , तिम्रो लागि मैले के गर्नु पर्यो ?”पण्डित बाले सोध्नुभयो ।

“हेर्नुस् न पण्डित बा । मेरी छोरीअहिले सोह्र वर्षमा टेकेकी छिन्।छोरी बिहे गर्छु भनी मलाई हत्तु हैरान गरिसके । त्यसैको लागि लगन हेराउन आएको पण्डित बा ।”
“मवाट यस्तो काम हुन सक्दैन रिठ्ठे ।

उमेरै नपुगेकी छोरीलाई यसरी बाल बिबाह गरिदियो भने के हुन्छ ,थाहा छ तिमीलाई ?”
“हैन पण्डित बा।यसो नभन्नुस् न ।बरु म हजुरलाई लागेको दक्षिणा टक्रयाउँला नि!“ यदि बिबाह गरि दिएन भने मेरी छोरी आत्महत्या गरेर मर्छु भन्छे।

के गरुँ, के गरुँ मैले त सोच्नै सकेको छैन,पण्डित बा !
अँह!म बाट यस्तो काम हुन सक्दैन ! पण्डित बा झर्केर बोले ।

रिठ्ठे मलिन अनुहार लगाउँदै घरतिर फर्के ।
बुढाको मलिन अनुहार देखेर बुढीले सोधिन् –“के खबर लिएर आउनु भो त रश्मीकि बाबा !”
“के खबर ल्याउनु नि बुढी ! पण्डित बाले हुँदैन जस्तो कुरो गर्नुभयो । मैले बालबिबाह गरि दिएर मामाको घर गएर जीवन बिताउनु छ र भनेर पो भन्नुहुन्छ ।

खै ! के गर्ने ,गर्ने ?”
त्यसो भए म एकपल्ट फेरि छोरीलाई सम्झाउँछु नि !
“हुन्छ , एकचोटि राम्रोसँग सम्झाई देऊ।“ बुढोले भन्यो ।
“छोरी म तिमीलाई एउटा कुरा भन्छु नरिसाउ ल! “ आमाले भनिन् ।
“के कुरा ममी?“ भन्नुस् न ।

छोरी, तिम्रो यो उमेर बिहे गर्ने उमेर होइन । तिमी अहिले बालकै छौ। तिमी अलि परिपक्व भएकी छैनौ। यस्तो बेला तिमीलाई बिहे गरिदियो भने हामीलाई ठुलो पाप लाग्नेछ । त्यसैले यस्तो अबस्थामा बिहे गर्ने कुरा नगर । अहिले त झनै बालबिबाहको लागि कानुनले प्रतिबन्ध लगाएको छ । त्यसैले तिमी बीस वर्ष नपुगी बिहे गर्ने कुरा नसोच छोरी !

नाई, आमा हुन्न ! मलाई जसरी भए पनि बिहे गराई दिनुस् । म उसलाई
छोड्न सक्दिन । उ विना म बाँच्न सक्दिन। उसलाई पर्खेर बस्ने हो भने अर्कै घट्ना हुनसक्छ । त्यसैले आमा मलाई छिट्टै बिहेको चाँजोपाँजो मिलाउनु होला ।
हत्तेरी ! यो केटीलाई त मैले सम्झाउनै सकिन। तिमी जे गर्न मन लाग्छ गर। तर पछि पछुताउन नपरोस् ।

आ, जेसुकै होस् । म त भागेर जान्छु । आमा, बाबाले भनेको कुरा मान्नुहुन्न।
“बिनय म त भागेर आएँ नि !” रश्मिले भनिन् ।
“के भन्दैछौ रश्मि तिमी ?”
“हो ! म भागेर आको ,बिनय !”
त्यसो भए मेरो ममीसित कुरा गर्छु ।

तिमीलाई घरमा भित्र्याउन । बिनय दौडिदै ममीलाई भन्न जान्छ र भन्छ–
“ममी … ममी! यिनी आजबाट हजुरको बुहारी ।”
“होइन, यो के भन्दैछ मोरो!“ आमाले हाँस्दै भनिन् ।
“हो ,ममी आजबाट यिनी हजुरको बुहारी ।”

ठीक गर्यौ छोरा । मलाई घरमा सघाउने एउटी बुहारीको खाँचो थियोे ।
त्यो पूरा गरिदियौ । आमाले खुशी ब्यक्त गर्दै भनिन् ।

रश्मि बेलैमा एउटा सन्तान पाउन पाए हुन्थ्यो भन्ने कुरा सोच्दै थिईन्। नभन्दै उनको सोचाइ बिनयले पूरा गर्ने कोशिश गरिन् । रश्मिको महिनावारी शुरु भयो। बेलाबेलामा स्वास्थ्य चौकीमा गई जचाउँथिन्। तर सानै उमेर भएर होकी, उनलाई शरिरमा कठीनता बोध हुनथाल्यो ।

अन्तिम अबस्थामा उनले आफ्नो बच्चालाई जन्म त दिईन तर उनी बाँच्न सफल भईनन्।। आफ्नो जिद्दीपनको परिणाम भोग्नुप¥यो !

यता आफ्ना बाबा, आमाले सम्झाएको कुरा बिष बराबर गरिन्। आखिर बाबा ,आमाको मन त हो, केही समय छोरीको पीडामा छटपटाई रहिन् ।

भीमेश्वर नगरपालीका–२, दुङ्गल टोल दोलखा ।
२०७८/०४/१५

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!