हाईकु

हाईकु


श्यामकृष्ण मास्के

मनको वेथा
सुनाउ कसलाई
सवै पराई ।

सुनाए व्यथा,
हाँसोको पात्र बने
आफै लाचार ।

पर्ख पर्ख है
अन्तै हेरिसकेछ
आफु त एक्लो ।

एक्लो जीवन
विचरा भन्छ सवै
मुखले ठिक्क ।

हामी छौं भन्छ,
आवश्यकको वेला,
देखा पर्दैन ।

पुगिसरि छ,
वरिपरि नजिक,
आफन्त मित्र ।

पुगिसरि हुँदा,
कोसेलीको ओईरो,
सवै आफन्त ।

गरिबी वेला,
खजानाको चाहना,
सवै पराई ।

निर्दाेको पीडा,
सवैको आश्वासन,
मुखले मात्र ।

जागिरे केटो ,
छोरी दिनेको लर्काे,
लमिको ताँती ।

धनाढ्य केटी,
आफु भन्दानी जेठी,
ताक्छ सवैले ।

चाहिदैन केही,
विहे गरे पछाडि,
दाईजो खोई ?

सन्तान एकै ,
छोरी जन्मियो भने,
छोरा चै खोई ?

विवाह पूर्व,
युवती सूर्यमुखी,
श्रीमती काँडा ।

छोरीको राम्रो,
हाम्रा ज्वाइँ असल,
नत्र खराव ।

माईत जाने,
वुहारी चैं खराब,
सवैको मत ।

माईत पुग्ने,
छोरी चै असल,
हाम्रो धारणा ।

सहने पत्नी,
असल स्वभावको,
हाम्रो सोचाई ।

सापट दिंदा,
सव जनको प्यारो,
असल मान्छे ।

शक्तिमा हुँदा,
सबैको नमस्कार,
हाम्रो सस्कार ।

शक्ति विहीन,
सवैको भए टाढा,
हाम्रो सस्कार ।

भीमेश्वर नपा–२.
दोलखा ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!