Search

दोलखा जिल्लामा राहधानी लिनेको संख्यामा कमि

दोलखा जिल्लामा राहधानी लिनेको संख्यामा कमि

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखा जिल्लामा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा यस वर्ष जिल्लाबाट राहादानी लिनेको संख्यामा कमि आएको हो । जिल्लामा गतआर्थिक वर्ष २०७६/०७७ मा १ हजार २ सय ४ जना महिला र १ हजार १ सय ३३ जना पुरुष गरि कुल २ हजार २ सय ३६ जनाले नागरिकहरुले राहादानी लिएका थिए भने जसमा १ हजार १ सय २८ जना महिला र ९ सय २३ जना पुरुष गरि कुल २ हजार ५१ जनालाई दु्रत राहादानीका लागि जिल्लाबाट सिफारिस दिइएको थियो ।

जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ५ सय ७३ जनाले राहादानी लिएका छन् । जिल्लाबाट १ हजार १ सय ७२ पुरुष र ८ सय १४ महिला गरि कुल १ हजार ९ सय ८६ जनाले साधारण राहादानी लिएका छन् भने ६ सय ६ महिला र ९ सय ८१ जनापुरुष गरि कुल १ हजार ५ सय ८७ जनालाई द्रुत राहादानीका लागि सिफारिस दिइएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायव सुब्बा नारायण प्रसाद सुवेदीले बताउनु भयो ।

कोभिड १९ को प्रभावका कारण गतवर्षको तुलनामा यस वर्ष राहदानी लिनेको संख्या घटेको जिल्ला प्रशासनकार्यालय दोलखाले जनाएको छ । विदेश जाने युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारी प्रदान गर्न सके राहादानी लिनेको संख्यामा यसैगरि कमि आउने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!