Search

कालिञ्चोक गाउँपालीका स्थित कालिनाग मावि सिंगटीका १७ शिक्षकलाई १३ लाख ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्रदान

कालिञ्चोक गाउँपालीका स्थित कालिनाग मावि सिंगटीका १७ शिक्षकलाई  १३ लाख ५० हजार रुपैयाँ बराबरको ल्यापटप प्रदान

अजय प्रधान,
१३ साउन, बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालीका स्थित कालिनाग माध्यमिक विद्यालय सिंगटीले एक शिक्षक बराबर एक ल्यापटप प्रदान गरिएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिनाग माध्यमिक विद्यालय सिंगटीले १७ जना शिक्षकहरुलाई एक कार्यक्रमका बिच ल्यापटप प्रदान गरिएको हो ।

कालिनाग माध्यमिक विद्यालय सिंगटीले अहिलेको अवस्थालाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालनका लागि करिब १३ लाख बढिको ल्यापटप प्रत्यक शिक्षकहरुलाई प्रदान गरिएको विद्यालयका शिक्षक रामहरि घिमिरेले जानकारी दिनुभयो ।

कोभिड १९ को संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय दोलखाले निषेधाज्ञा गर्दै आएको कारणले लामो समयसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले ल्यापटप वितरण पछि अनलाईन मार्फत कक्षा सञ्चालन गरि शैक्षिक सुधार गर्ने आशा लिइएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।

ल्यापटप वितरण कार्यक्रममा बोल्नुहुँदै विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले अहिले कोरोनाका कारण भौतिक उपस्थिति गराई विद्यालयमा पठानपाठन गर्न सक्ने अवस्था नभएकाले अनलाइन कक्षा सञ्चालनका लागि ल्यापटप वितरण गरिएको बताउनुभयो ।

कालिञ्चोक गाउँपालिका भित्र रहेका विद्यालय मध्य यस वर्षको उत्कृष्ट विद्यालयमा पर्न सफल भएमार्फत गाउँपालिकाले २ लाख रुपैयाँ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ६ लाख ५० हजार रुपैयाँ र विद्यालयको आन्तरिक श्रोतबाट ५ लाख रुपैयाँ गरि कुल १३ लाख ५० हजार रुपैयाँ बराबरको ल्यापटप वितरण गरिएको विद्यालयका शिक्षक घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष गणश्याम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधनाध्यापक दाताराम नेपाल, विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज पाठक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हाल कालिनाग माध्यमिक विद्यालय सिंगटीमा ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!