Search

आज भीमेश्वर नगरपालीका वडा नं २ पाखलती स्थित बज्रजोगीनी मन्दिर वरिपरि महिला विकास सचेतन केन्द्र दोलखाको संयोजनमा तेश्रो दिन सरसफाई

आज भीमेश्वर नगरपालीका वडा नं २ पाखलती स्थित बज्रजोगीनी मन्दिर वरिपरि महिला विकास सचेतन केन्द्र दोलखाको संयोजनमा तेश्रो दिन सरसफाई

अजय प्रधान
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नंं २ दोलखा स्थित पाखलती बसपार्क, बज्रजोगीनी मन्दिर हुर्दै स्थानियवासि श्याम मास्केको घर अगाडीसम्म तेश्रो दिन महिला विकास सचेतन केन्द्र दोलखाको सक्रियतामा सरसफाई कार्य सम्पन्न भएको छ ।

यसै गरी आज भन्दा तिन दिन अगाडीदेखि पाखलती बसपार्क देखि ऐतिहासिक शहर दोलखाको प्रवेशद्वार हुर्दै नेपाल रेडक्रस सोसाईटी दोलखाको प्राङ्गन र तारीगाउँ जाने बाटोमा पहिलो दिन र दोश्रो दिन भीमेश्वर मन्दिरको पछाडी कालिमन्दीर हुर्दै त्रिपुरासुन्दरी मन्दिरको प्राङ्गनसम्म सरसफाई गरिएको छ भनी संस्थाका अध्यक्ष मञ्जरी श्रेष्ठ र कोषाध्यक्ष निशा जोशीले बताउनु भयो ।

यसरी आज सरसफाई कार्यक्रममा सहभागी महिला दिदीबहिनी तथा शुभचिन्तक सहभागीहरुलाई स्थानिय डोक्छे टोल निवासी युवा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले खाजा तथा चियापानको व्यवस्था गरिएको थाहा भएको छ । यसशे गरी भोली चौथौ दिन सर–सफाई पाखलती भगवती प्रधानको निवासदेखि डोक्छेसम्म र पुर्खुचाको खोल्सादेखि भीमसेनथान जान मोटरको बाटो र खोल्साहरुमा सफाई गरिने कार्यक्रम रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आज समेत तिनसम्म सहभागी भई सक्रियता सहित सहयोग गर्दै सहभागी जनाउने सदस्य दिदीबहीनी र शुभचिन्तकमा संस्थाका संरक्षक सकुना श्रेष्ठबाट आभार व्यक्त गर्दै धन्यवाद दिनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!