Search

लघुकथा : हालत

लघुकथा : हालत

प्रेम पुन मगर
पोखरा १७ कास्की

कम्पनीका सबै कामदारहरुको आधा घण्टा रेस्ट समय थियो ।
“कति बर्ष भयौ त भाई” हिजो मात्र नयाँ आएको माया लाग्दो नवयुवकलाई मैले सामान्य परिचय पछि सोधेँ ।
“हजुर म भर्खर अठार पुगेँ दाइ“ उसले उत्तर दियो ।

“कहाँ सम्म अध्यन गर्यौ त भाई “मैले उसलाई फेरी सोधेँ
“हजुर बल्लतल्ल एघार सकेर आएँ दाइ…..”
उसको उत्तर सुनेर मेरो हालत सोचेँ ,शिक्षाबाट बन्छित हुँदा भोग्न परेको सम्पूर्ण समसया एक एक गरि सम्झेँ फेरी थपेँ ।

“अलिकति थप अध्यन गर्न पाएको भए त राम्रो हुन्थ्यो नि
यति कलिलो उमेरमा लेवर विजामा समय खेर मात्र जान्छ
पछि धेरै पछुताउन पर्छ केरे भाई“ मलाई हेर न म आफ्नै उदाहरण दिइरहेको छु है, अन्यथा अर्थ नलागोस् नि…”

“कति पढ्ने कहिले सम्म पढ्ने उमेरले हैन हालतले बताउँछ ।”
ऊ बोल्न नपाउँदै हाम्रो कुरा सुनिरहेको ड्राइभर याकुफ् खानले भन्यो ।

१२/४/०७८

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!