Search

काँग्रेसमा छानबिन समितिको प्रतिवेदनमा ४ लाख ४३ हजार क्रियाशील सदस्य थपिए

काँग्रेसमा छानबिन समितिको प्रतिवेदनमा ४ लाख ४३ हजार क्रियाशील सदस्य थपिए

बाँपीझ्याला, काठमाण्डौं । नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ ।

काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष (७४.२६ ) प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला (२२.६२) प्रतिशत रहेका छन् । अन्यमा १७६ (०.०२) प्रतिशत जना छन् । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने नोट अफ डिसेन्ट लेखेका छन्। छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको उनको भनाइ छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!