Search

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

बाँपीझ्याला, काठमण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज मंगलबार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच मन्त्री परिषद् विस्तार लगायत देशको राजनितीक समसामयिक विषयको बारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताए ।

यसैगरी अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने उनको भनाइ छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैन । यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!