Search

दोलखा जिल्लाको पर्यटकिय एवं धार्मीक स्थल पाँच पोखरी र जट्टा पोखरीमा यस वर्ष मोटरको बाटो पू¥याउने

दोलखा जिल्लाको पर्यटकिय एवं धार्मीक स्थल पाँच पोखरी र जट्टा पोखरीमा यस वर्ष मोटरको बाटो पू¥याउने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला र रामेछाप जिल्लाको सिमानामा पर्ने ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पाँच पोखरी र जट्टा पोखरीमा यस वर्ष मोटरको बाटो पुग्ने भएको छ । तामाकोशी नदीको प्रमुख सहायक नदिको रुपमा रहेको खिम्ती खोलाको शिरमा पर्ने धार्मिक हिसाबले जिल्लाको प्रख्यात पर्यटकिय एवं तिर्थस्थल मध्ये एक ख्याती प्राप्त पाँचपोखरी र जट्टा पोखरीमा सडक बिस्तार हुने भएको छ ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालीकाले अहिले चुचुरे स्थित माझकटेरासम्म सडक बाटो पू¥याएको छ । ६० लाखको लागतमा फापरबारी–गर्जाड–धौले–फापरबारी हुर्दै कोरस्याङ खण्ड सडक अन्तर्गत माझ डेरासम्म बाटो पुगेको गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताउनु भयो ।

यसअघि मानिसहरु गोकुलगंगा गाउँपालिकाको वडा १ चुरेबाट आठ नौ घण्टा पैदल हिँडेर जट्टा पोखरी र पाँच वर्षसम्म पुग्ने गर्दर्थे तर अहिले माझकटेरासम्म सडक पुगेपछी पहिलेको भन्दा आदि समय बचत भएर तिन साँढेतिन घण्टामा पुग्न सकिने भएको छ । गाउँपालीकाले पाँचपोखरी र जट्टा पोखरी वेसक्यामसम्म सडक पू¥याउने गरी सडक सर्भे समेत गरिसकेको छ । यसै गरी सडक स्ततोरोन्नती र ट्रयाकको लागि प्रदेश सरकारले एक करोड पचास लाख र गाउँपालीकाले एक करोड रकम बजेट विनियोजन गरिएको छ ।

समुन्द्र सतहदेखि ४ हजार २ शय पचास मिटरको उचाईमा अवस्थित जट्टा पोखरी धार्मीक एवं पर्यटकिय हिसावले आकर्षक केन्द्रको रुपमा विकास भएको पाईन्छ । यसै गरी जट्टा पोखरी भन्दा केहि माथी ४ हजार ६ शय ५ मिटरको उचाईमा पाँच पोखरी अवस्थीत रहेको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा पाँच पोखरी र जट्टा पोखरीमा ठुलो अनी भव्य मेला लाग्ने गर्दछ । जसमा मेला भर्नका लागि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र ओखलढुंगा जिल्लाबाट दर्शन गर्न भक्तजनहरुको बाग्लो संख्यामा आउने गरेको पाईन्छ । यसै गरी सोलुखुम्बु भक्तपुर र तराई क्षेत्रका जिल्लाहरु बाट मात्र नभई भारतको सिक्किमबाट भक्तजनहरु आउने गरेको पाईन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!