Search

नेपालको स्विजरल्याण्ड भनेर चिनिने ख्याती प्राप्त पर्यटकिय नगरी जिरीमा सिसि क्यामरा जडान गर्दै

नेपालको स्विजरल्याण्ड भनेर चिनिने ख्याती प्राप्त पर्यटकिय नगरी जिरीमा सिसि क्यामरा जडान गर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपालको स्विजरल्याण्डले ख्याती प्राप्त दोलखा जिल्लाको पर्यटकीय नगरी जिरीको मुख्य बजारमा सिसी क्यामरा जडान गर्न सुरु गरिएको छ । जिरी नगरपालीको मुख्य बजार क्षेत्र लिंकन बजार र मानेडाँडा बजार क्षेत्रमा ११ वटा सिसी क्यामरा जडान गर्न लागिएको थाहा भएको छ । जिरी नगरपालीका भित्र शान्ति सुरक्षालाई ध्यानमा राखी नगरपलिकाको १० लाख बजेटमा सिसी क्यामर जडान गर्न लागेको जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बताउनु भयो ।

गत आर्थिक बर्षबाट ५ लाख र चालु आर्थिक बर्षमा ५ लाख बजेट गरी जम्मा १० को लागतमा सिसि क्यामरा जडान गर्न लागिएको वहाँले बताउनु भयो । यसै गरी गत बर्षको ५ लाख बजेटबाट सिसि क्यामरा खरिद गर्ने र यस आर्थिक वर्षको ५ लाखले डिभाईस खरिद गरिनुका फाईवरका साथै जडान र अन्य खर्च हुनेछ भनी नगरपालीकाका सूचना अधिकृत तेजकुमार धमलाले बताउनु भयो ।

यसै गरी एउटा सिसि क्यामारा बराबर मुल्य अभिबृद्धी कर भ्याट सहित ३० हजार पर्ने समेत जानकारी दिनु भयो । यसरी गत बर्ष नै सिसि क्यामरा जडान गर्ने कार्यक्रम रहेपनी बिग्रन्दो सडकको स्थिती र कोभिडको संक्रमणको कारण जिल्लामा निषेधाज्ञा जारी भएको कारण ढिला भएको र उक्त कार्यलाई यस वर्ष प्राथमिकतामा राखेर गर्न लागिएको थाहा भएको छ ।

जिरीमा हुने गरेका अपराधिक घटना, चोरी लगाएतका क्रियाकलापहरुबाट बचाउने उद्देश्यका साथै आवश्यक पर्ने बेलामा श्रव्यदृश्य प्रमाणको रुपमा पेश गर्नको लागि सहयोग गर्ने भएको कारणले पनी नगरपालीकाको मुख्य मुख्य क्षेत्रमा सिसि क्यामरा जडान गर्न लागिएको उप प्रमुख खड्काको भनाई रहेको छ ।
यसरी नगरपालीका वडा नं ६ स्थित मानेडाँडामा ५ वटा, लिङ्कन बजारमा ५ वटा र फरेष्टमा १ वटा गरी जम्मा ११ वटा सिसि क्यामरा राख्न लागिएको सूचना प्रविधी अधिकृत आशिष भण्डारीले बताउनु भयो । जस अनुसार लिङ्कन बजारको स्थित पुलमा, जिरी अस्पताल जाने बाटोमा, बसर्पाक र प्राईम बैङ्कमा राखिने थाहा भएको छ ।

प्रविधी र सुविधाको विकास सं–संगै सुरक्षाको पनी सर्तकता अपनाउनु पर्ने अहिले मुल आवश्यकता रहेको कारणले गर्दा सोही अनुसार नगरपालीकाले स्थानिय वासिन्दाहरुलाई सुरक्षा प्रदान गर्ने अभियान अन्तर्गत नगरपालीका भित्र सिसि क्यामरा जडान गर्ने कार्यको जिरी नगरवासिहरुले स्वागत गर्दै खुसी व्यक्त गरेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!