Search

जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गयो

जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गयो

१० साउन, बाँपीझ्याला, इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका(१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुले अनलाइनखबरसँग भने, ‘बिरामी परेपछि दुईरतीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।’

जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ । ‘च्याउको तरकारी बाबु(छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन,’ उनले भने, ‘धामीझाँक्री गर्नाले बाबु(छोरा बिते, बेलैमा अस्पताल लगेको भए यस्तो घटना हुँदैनथ्यो होला ।’

साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!