Search

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पहिलो पटक तारे होटल एम्ब्रोसिया सञ्चालनमा

दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पहिलो पटक तारे होटल एम्ब्रोसिया सञ्चालनमा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा पहिलो पटक तारे होटल सञ्चालनमा ल्याइएको छ । सदरमुकाम चरिकोटमा ‘ट्रेड बिजनेस’ गर्दै आउनुभएका व्यवसायी दिनेश बस्नेतले चरिकोट स्थित अदिति कम्प्लेक्समा दुई तारे होटल एम्ब्रोसिया आजबाट सञ्चालनमा ल्याउनर भएको हो ।

लिफ्ट सहित सुविधा सम्पन्न दुई तारे होटल एम्ब्रोसियाको आज एक कार्यक्रमका बिच नेपाल एद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उल्घाटन गर्नुभयो । भवन बाहेक १० करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको दुई तारे होटलमा ३५ वटा कोठा छन् जसको क्षमता १ सय जना रहेको छ ।

त्यसैगरि ५ सय जनाको क्षमता रहेको बैङक्वेट, १ सय जनाको क्षमताको बैठक हल र रुफटपमा रेष्टुराँ समेत गरी १ हजार जनालाई एकै पटक होटलले सेवा दिने होटल सञ्चालक दिनेश बस्नेतले बताउनु भयो ।

लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बस्नेत गोर्खा ब्रुअरी र सूर्य नेपाल दोलखाका लागि आधिकारिक बिक्रेता हुनुहुन्छ । उहाँले दोलखामै कालिञ्चोक ड्रिङकिङ वाटर उद्योगसमेत सञ्चालन गर्दै आउनुभएको छ ।

२०७७ सालको असोजभित्रै होटल सञ्चालनमा ल्याउने गरी सुरुमा तयारी गरिएको भए पनि कोरोना भाइरस महामारीका कारण होटल सञ्चालनमा ल्याउन केहि ढिलाई भएको सञ्चालक बस्नेतले बताउनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!