Search

३ हजार १ शय १४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु, २ हजार १९७ निको

३ हजार १ शय १४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु, २ हजार १९७ निको

बाँपीझ्याला, काठमाण्डौं । । नेपालमा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९१० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार ११४ जनाको नतिजा पोजिटिभ आएको हो । १० हजार ६२५ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३०९ र चार हजार २८५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ६९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment