Search

विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे प्रकाशित गर्न राष्ट्र बैंकको निर्देशन

विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे प्रकाशित गर्न राष्ट्र बैंकको निर्देशन

साउन , बाँपीझ्याला, काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे प्रकाशित गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल ९फेडा० मार्फत औसत खरीद दर तय गर्न भनेको छ ।

केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनका लागि समानरूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ । विप्रेषण कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ ।

इजाजतप्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेश गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले बताएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment