Search

गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म पर्खी बसेँ –२ मा पल र मालिकाको जोडी !

गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म  पर्खी बसेँ –२ मा पल र मालिकाको जोडी !

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी मध्यमा पर्दछन् पल शाह र मालिका महत । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलको गीतमा दर्शकले दुवैको जोडी निकै रुचाएका छन् । भिडियोमा रुचाइएको यो पल र मालिकाको जोडी फिल्ममा पनि देखिने भएका छन् । गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म ‘पर्खी बसेँ २’मा दुवैको अभिनय रहनेछ । गोपीकृष्णले केही दिनमै दुवैसँग फिल्मको बिषयमा सम्झौता गर्ने जनाएको छ ।
पल र मलिकाले भने फिल्मको विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।

‘पर्खी बसेँ २’ गोपीकृष्ण मुभिज र हिमालय फिल्मस्को ब्यानरमा बन्न लागेको हो । केही अगाडि घोषणा भएको फिल्म ‘पर्खी बसेँ’को सिक्वेलको रुपमा बन्न लागेको हो । फिल्म सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

‘पर्खी बसेँ’ २०६५ मा निर्माण भएको हिट फिल्म हो । निखिल उप्रेती, राज बल्लभ कोइराला र युना उप्रेतीको मुख्य भुमिका रहेको फिल्म प्रेमकथामा बनेको थियो । फिल्ममा दीपक श्रेष्ठको निर्देशन रहेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment