Search

६ शीर्ष कम्युनिष्ट नेताहरुले भोलि एउटै मञ्चमा सम्बोधन गर्ने

६ शीर्ष कम्युनिष्ट नेताहरुले भोलि एउटै मञ्चमा सम्बोधन गर्ने

बाँपीझ्याला, काठमाण्डौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका सबै कम्युनिष्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। यसरी सम्वोधन गर्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरू एउटै मन्चमा देखिने भएका छन् । पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मन्चमा देखिने भएका हुन् ।

‘“नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो” विषयक प्रवचनसहित श्रद्धान्जली कार्यक्रम हुने आयोजकले बताएको छ । कार्यक्रममा एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीसमेत सहभागी हुनेछन् ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार दिउँसो १ तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने नेता जगन्नाथ खतिवडाले बताए। प्रतिष्ठानले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने कार्यक्रममा बोलाएको छैन्। कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले ओलीलाई नबोलाएको प्रतिष्ठानले जनाएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!