Search

दोलखा जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ३० पुगेको

दोलखा जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ३० पुगेको

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय तहमा ६ जनाको एन्टिजिन परिक्षण गरिएकामा २ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या ३ सय ३० पुगेको छ ।

यसरी संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका एक पुरुष, विगु गाउँपालिकाका एक पुरुष रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यसै गरी आज विगु गाउँपालिकाबाट एक जना संक्रमित निको भएका छन् ।

यसैबिच दोलखामा हालसम्म ४ हजार ५ सय १८ जनाको पिसिआर परिक्षण गरिएकामा १ हजार ८ सय ५५ जना र २ हजार ३५ जनाको एन्टिजिन विधिमार्फत परिक्षण गरिएकामा ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!