Search

अपमान सहेर कोही पनि बस्दैन : माधव नेपाल

अपमान सहेर कोही पनि बस्दैन : माधव नेपाल

७ साउन, बाँपीझ्याला, काठमाण्डौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए ।

त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’

पार्टी रुपान्तरण हुन्छ अनी अगाडि बढ्छ र सुध्रिन्छ भने ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर एउटै हैसियत भएकाहरु अपमान सहेर कोही पनि बस्दैन ।

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!