Search

‘जिम्माल बाको छोरो’ बनेर इन्दिराको पछि लागे दिलीप

‘जिम्माल बाको छोरो’ बनेर इन्दिराको पछि लागे दिलीप

बाँपीझ्याला, काठमाण्डौं । अभिनेता दिलिप रायमाझी गायिका इन्दिरा जोशीको पछि लागेका छन् । दिलिप रियल लाइफमा नभएर रिल लाइफमा इन्दिराको पछि लागेका छन् ।

इन्दिराकै नयाँ गीत ‘जिम्माल बाको छोरो’ भिडियोमा दिलिप इन्दिरालाई फकाउँदै पछि लागेको देख्न सकिन्छ ।

गायिका जोशीलाई यो गीतमा रमेश बाबुले स्वरमा साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार गीत ‘जिम्माल बा को छोरो’मा प्रकाश सापकोटाको शब्द र भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

भिडियोमा दिलिप, इन्दिराको अलवा गीता ढुंगाना र कमल सिंहको समेत अभिनय छ ।

सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, बुद्ध थापाको छायांकन र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment