Search

यसराज र सरिताको ‘आयो तिम्रो राजा’

यसराज र सरिताको ‘आयो तिम्रो राजा’

बाँपीझ्याला, काठमाण्डौं । गायक गणेश थापाको स्वर रहेको गीत ‘आयो तिम्रो राजा’ भिडियोसहित सार्वजनिक भएको छ । रोमान्टिक शैलीको आधुनिक गीत डान्सिङ शैलीमा तयार भएको छ । सुवर्णकुमार श्रेष्ठको संगीत रहेको गीतको शब्द सुदन लुईंटेलले कोरेका हुन् ।

भिडियोमा यसराज गराचन र सरिता भारतीको अभिनय रहेको छ । भिडियोमा मोडल मञ्जुला गिरीको पनि अभिनय देख्न सकिन्छ । सुवास बुढाथोकीको निर्देशन रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायाँकन रहेको छ । उमेरले ६० पुग्दै गरेका गायक गणेश छिट्टै एल्बम समेत सार्वजनिक गर्ने बताउँछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment