Search

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बकर इदको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बकर इदको शुभकामना व्यक्त

०६ श्रावण, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मुस्लिम समुदायको ठूलो चाडका रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ ।

राष्ट्रपतिद्वारा जारी सन्देशमा “यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।” उल्लेख छ ।

राष्ट्रपतिले कोरोना सङ्क्रमणबाट बचेर सावधानीका साथ यो पर्व मनाउनु हुने विश्वास पनि व्यक्त गरेकी छन्। नेपाल सरकारले यस पर्वको अवसरमा बुधबार राष्ट्रिय बिदा मनाउने निर्णय गरेको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको शुभकामना सन्देशमा सबै नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । उनले कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै यस महान् पर्वलाई सजगताका साथ मनाउन हुन आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment