Search

दोलखाको लाकुरीडाँडा स्थित सुर्केका ६८ वर्षिया पुरुषको हत्या

दोलखाको लाकुरीडाँडा स्थित सुर्केका ६८ वर्षिया पुरुषको हत्या

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडामा एक जना पुरषको हत्या भएको छ । वडा नम्बर ९ लाकुरीडाँडा स्थित सुर्केका ६८ वर्षिया पदम बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

६८ वर्षिया तामाङको घरयासी झगडाका कारण कुटपिट हुँदा हत्या भएको प्रहरी प्रवक्त प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना शंकस्पद भएकाले मृतकको कान्छी श्रीमती ३८ वर्षिया जाङमु तामाङ सहित एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । मृतक पुरुष कान्छी श्रीमती जाङमु तामाङ संग बस्दै आएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!