Search

दोलखा जिल्लामा यही साउन ८ गते शुक्रवारबाट जोन्सन एण्ड जोन्सन खोपको पहिलो डोज लगाउने

दोलखा जिल्लामा यही साउन ८ गते शुक्रवारबाट जोन्सन एण्ड जोन्सन खोपको पहिलो डोज लगाउने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सनको पहिलो डोज लगाउने भएको छ । दोलखा जिल्ला खोप समन्वय एवं अनुगम समितिको निर्णय अनुसार जिल्लाका ७ वटा पालिकामा यही साउन महिनाको ८ गतेदेखि १३ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा जोन्सन एण्ड जोन्सन खोपको पहिलो डोज लगाउने भएको हो ।

कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ८ र ९ गते मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकामा खोप सेवा सञ्चालन हुनेछ । यसै गरी कालिञ्चोक गाउँपालिका, भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, तामाकोशी गाउँपालिका र बैतेश्वर गाउँपालकामा साउन ११ गतेदेखि १३ गते सम्म खोप सेवा सञ्चालन हुने भएको छ ।

खोप लगाउनका लागि ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धका खोप पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकहरुले नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर जानुपर्ने छ भने पुर्ण र अति अशक्त अपांगता भएका क, ख वर्गका व्यक्तिहरुले अपांगता परिचयपत्र सहित जानु पर्नेछ ।

स्वस्थ्य संस्थामा कार्यरत छुटफुट स्वस्थ्यकर्मी र सरसफाईकर्मीहरुले नाम विवरण सहितको पत्र तथा परिचयपत्र साथमा लानुपर्ने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!