Search

अभिनेत्री सेलिन वुडली भन्छिन्, ‘ब्रा लगाएर दिइने अन्तरंग दृश्य नक्कली हुन्’

अभिनेत्री सेलिन वुडली भन्छिन्, ‘ब्रा लगाएर दिइने अन्तरंग दृश्य नक्कली हुन्’

बाँपीझ्याला, लसएन्जल्स : ‘दि फल्ट इन आवर ’ अभिनेत्री सेलिन वुडलीले हलिउड फिल्ममा देखाइने केही अन्तरंग दृश्य अप्रकातिक लाग्ने बताएकी छिन् । खास गरी महिलाले ब्रा लगाई लगाई दिने अन्तरंग दृश्य स्वभाविक नहुने उनको भनाइ थियो । उनले हलिउड रिपोर्टरसँग कुरा गर्दै अन्तरंग दृश्यमाथि यस्तो धारणा राखेकी हुन् ।

‘धेरैजसो सिनेमामा तपाईं देख्नुहुन्छ, दुई जना सम्भोग गरिरहेका छन् तर महिलाको ब्रा शरीरमै छ । वास्तविक जीवनमा यस्तो हुन्छ जस्तो लाग्दैन । मैले कहिलै यसरी सम्भोग गरेको सम्झना छैन । यदाकदा यस्तो भएको होला,’ उनले भनेकी छिन् ।

हलिउडमा पछिल्लो समयमा अन्तरंग दृश्यको आवश्यकतालाई लिएर बहस सुरु भएको छ । धेरैले यस्ता दृश्यमा फिल्ममा नचाहिने धारणा राख्दै आएका छन् । अझ यस्ता दृश्य खिच्नलाई हलिउडमा ‘इन्टिमेसी कोअर्डिनेटर’ नै राख्न थालिएको पनि समाचारमा आउने गरेको छ ।

र, योभन्दा पनि हलिउडका फिल्ममा यस्ता दृश्य चाहिन्छ कि चाहिन्न भनेर ठूलै चर्चा छेडिएको छ । सेलिन वुडलीले पनि यसमा विचार राख्दै आफूलाई अन्तरंग दृश्य गर्दा आजसम्म असहज नभएको बताएकी छिन् ।

‘मलाई आजसम्म असहज महसुस भएको छैन किनकि म यो यो विषयमा स्पष्ट छु ,’ उनले भनेकी छिन्, ‘यस्ता दृश्य दिनुअघि म निर्देशकसँग कुरा गर्छु, कोएक्टरसँग कुरा गर्छु । फिल्ममा यो दृश्य जरुरी छ कि छैन भन्ने पनि निक्र्योल गर्छु । हाम्रो सीमा कत्ति हो भन्ने मलाई राम्ररी थाहा छ । तर, आजसम्म यस्तो क्षण खप्नु परेको छैन जब यो कुरालाई लिएर दुःखी हुनु परेको होस् ।’

आउँदो शुक्रबार सेलिन अभिनीत ‘दि लास्ट लेटर फ्रम योर लभर’ नेटफ्लिक्समा रिलिज हुँदैछ । योभन्दा अघि भने सेलिन ‘एन्डिङ बिगिनिङ्स’ र ‘मेरिटियनियन’मा देखिएकी थिइन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment