Search

अंशुको सहयोगमा साथीको लागि साथी

अंशुको सहयोगमा साथीको लागि साथी

बाँपीझ्याला, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं २ थातकोर्छे, तल्लोटोल निवासी बुबा अष्ट कुमार श्रेष्ठ र आमा अम्बिका श्रेष्ठकी छोरी बर्ष ७ की अन्शु श्रेष्ठको भक्तपुर क्यान्सर अस्पतालमा विगत छ महिनादेखी bone cancer वोर्न क्यान्सर भएरको कारणले उपचार भईरहेको छ । यस कार्यमा दोलखा स्थित स्थानिय संघ–संस्थाहरुले आर्थिक सहयोग जुटाई बिरामीकोलाई सहयोग गर्दै आएको छ ।

यसै गरी ऐतिहासिक शहर दोलखाका युवा युवतीहरुको विशेष सक्रियतामा संचालनमा ल्याएको साथीको साथी संस्थाले क्यान्सरबाट पिडित नानी अंशुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारको लागी अंशु बचाउ अभियान अन्तर्गत अंशुको सहयोगमा साथीको लागि साथी भनी संस्थाले एक कार्यक्रमको आयोजना गरी लागि रु. १,३५,६००/– को चेक हस्तान्तरण गरिएको छ ।

सम्पूर्ण संस्थाको सदस्यहरुको तर्फबाट सिघ्र स्वास्थ्य लाभको लागि दोलखा भीमेश्वरमा प्रार्थना र कामना सहीत उक्त सहयोग रकम बिरामीको बुबा अष्ट कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ भनी संस्थाका अध्यक्ष मनोज चाकुबजीले बताउनु भयो ।

यसै गरी दोलखाका स्थानिय संस्थाहरु कालिञ्चोक युवा क्लव, बनारसी सहयोगी हातहरु र द्वाल्खा म्यासमुचा खलकले निज विरामीको उपचारको सहयोगको लागि अर्थिक सहयोग जुटाई सहयोग गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!