Search

लघुकथा–समृद्धि

लघुकथा–समृद्धि

मिसु श्रेष्ठ

नेता जि झ चर्को चर्को स्वरले समृद्धिको भाषण गर्दै थिए । भेला झुरुक् झुरुक् उचालिँदै तालि बजाउँदै थिए । भीड बढ्ने क्रम जारी थियो । बाटा–घाटा, शिक्षा ,स्वास्थ्य, शान्ति, सुरक्षा को प्रत्याभूति दिलाउन नेता चिच्याउँदै थिए। सुन्दर भविष्यको खाका पनि तयार हुँदै थिए।

एक हुल मान्छेहरू भेलातिर अघि बढे । मान्छेलाई बोकेर ल्याइँदै रहेछ ।

ठिक्क नेता जि को अघिल्तिरको कुर्सीमा बोकिएको हिलाम्मे मान्छे बसाए । सबैको ध्यान त्यतातिर गयो । नेता जि झ को भाषण भङ्ग हुन लाग्यो ।

त्यो देखर निकटतम कार्यकर्ताले भिड नियन्त्रण गर्दै सोधे – “हैन वहाँलाई के भएको ? अनि अस्पताल नलगेर किन यहाँ ?” वहाँ नेता जि झको मतदाता हो । पाँच बर्षे कार्यकालको उत्तरार्ध भयो ।

समृद्धिको भाषण सुन्न आएको सडकको खाडलमा मोटरसाइकल पल्टेर खुट्टा नै भाँचेछ ।
२०७८/०४/०४
काँडाघारी, काठमाडौं

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!