Search

दोलखा जिल्लामा आज थप १९ जनामा कोरोना पुष्टि, ११ जना संक्रमण मुक्त

दोलखा जिल्लामा आज थप १९ जनामा कोरोना पुष्टि, ११ जना संक्रमण मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चरिकोट अस्पतालमा ३० जनाको पिसिआर परिक्षण गरिएकामा १९ जनामा संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपलिकाका ६ पुरुष र ३ महिला, बैतेश्वर गाउँपालिकाका १ पुरुष र ४ महिलाग, कालिञ्चोक गाउँपालिकाका २ पुरुष र २ महिला, गौरीशंकर गाउँपालिकाका १ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले जनाएको छ ।

यस्तै गरी आज भीमेश्वर नगरपालिकाबाट ९ पुरुष, जिरी नगरपालिकाबाट १ पुरुष र १ महिला गरी जम्मा ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्य चरिकोट अस्पतालमा ४ जना हाइ डिपेन्डेन्सि युनिटमा रहेका छन् भने सिंगटी अस्पतालमा ११ जना आईसोलेशन वार्डमा उपचाररत छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!