Search

काठमाण्डौं उपत्यकाका विद्यालयमा नेपाल भाषा (नेवारी भाषा) अनिवार्य

काठमाण्डौं उपत्यकाका विद्यालयमा नेपाल भाषा (नेवारी भाषा) अनिवार्य

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै नेपाल भाषाको अध्ययन अनिवार्य गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म महानगरभित्रका सबै विद्यालयमा अनिवार्यरुपमा नेवारी भाषा अध्यापन गराउनैपर्ने भन्दै महानगरले ताकेता सुरु गरेको छ । महानगरको ताकेतासँगै अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ । सामुदायिक विद्यालयमा मात्रै नभएर निजी विद्यालयमा पनि नेपाल भाषा अनिवार्य गरिएको छ ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार महानगरपालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम अनुसार नेपाल भाषा अनिवार्य गरिएको छ ।

काठमाण्डौं महानगरपालिकाको गत वर्षको असोज १९ मा बसेको ५१ औं बैठकबाट काठमाडौं महानगरपालिकाअन्तर्गत सबै विद्यालयहरुमा नेवारी भाषा अनिवार्य पढाउनुपर्ने नियम ल्याइएको हो । महानगरले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।

निर्णय कार्यान्वयन गर्न भन्दै २०७७ साल कात्तिक १६ गते महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयहरुलाई महानगरका शिक्षा अधिकृत मोतिराज खनालको नामबाट परिपत्र गरिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!