Search

दोलखामा नेपाली काँग्रेसका नेता मानन्धरको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

दोलखामा नेपाली काँग्रेसका नेता मानन्धरको प्रमुख आतिथ्यमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा न –४ स्थित जिलुका ८४ जना विद्यार्थीहरुलाइ स्टेसनरी सहितको स्कुल ब्याग बितरण गरिएको छ । एक कार्यक्रमको आयोजनाल गर्दै भीमेश्वर ४ जिलु टहलेमा सर्ब माबि जिलुका कक्षा १ देखि ५ कक्षा सम्मका ८४ जना विद्यार्थीहरुलाइ समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राकेश श्रेष्ठको सक्रियतामा उक्त स्कुल ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको हो ।

नेपाली काँग्रेस दोलखाका नेता इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी, अतिथीहरुबाट बिद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी बितरण गरिएको थियो । यसै गरी शुभकामना मन्तव्य दिने क्रममा भीमेश्वरको बिकासको निम्ति पहिलो आधार भनेको शिक्षा र स्वास्थ रहेको बताउनु हुर्दै आफुहरुको पहिलो प्राथमिकता शिक्षा र स्वास्थमा निहित हुने प्रतिबद्धता नेता मानन्धरले व्यक्त गर्नु भयो । यसै गरी वहाँले भीमेश्वरको समृद्धि तब सम्भव हुन्छ ,जब जनताको मनोभावना अनुरुप कार्य संचालन गर्न सकिन्छ, हामी त्यसै अनुरुप जनताको समस्या के छ ? समाधान कसरी गर्न सकिन्छ भनी निरन्तर रूपमा जनताको घर दैलोमा गहि समस्याको पहिचान सहित समाधानको बाटो खोजी गरीरहेको छौं भनी नेता मानन्धरले जिकिर गर्नुभयो ।

यसै गरी उक्त कार्यक्रममा नेपाली काँग्रेस दोलखा प्रदेश सभा (ख) का सचीव तथा सामाजिक अभियानता राजन बस्नेत , सर्ब मा बि जिलुका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कबिन्द्र दास श्रेष्ठ , सर्ब माबि जिलुका प्र.अ बिश्व मणि चौलागाईं, नेपाल किसान संघ दोलखाका जिल्ला सचीव मेनका चौलागाईं, नेपाली काँग्रेस भीमेश्वर ४ जिलुका वडा सभापति भोजराज चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सफा सुनौलो नेपालको समवन्य र चाईना फाउन्डेसनको आर्थिक सहयोगमा दोलखा जिल्लाको कक्षा १ देखि ५ कक्षा सम्मका बिधार्थीहरुलाई स्कुल ब्याग ,स्टेसनरी र कलर सेट बितरण गर्दै क्रमशः जिल्लाका विभिन्न स्कुलहरु जसमा भी.मा.बि. दोलखा, त्रिभुवन मा बि मेलुङ, कालिन्चोक माबि चरिकोट, गुजर्पा निमावि लापिलाङ, चेर्दुगं प्रावि जिरी, बिरेन्द्र माबि शैलुङ, सर्बा माबि जिलु र राजकुलेश्व निमाबि दोलखा लगाएत २६ बिद्यालयमा दुई हजार ६ सय ६१ थान झोला तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम अन्तर्गत वितरण गरिएको र बाँकी रहेकोम बितरण गरिने राकेश श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रम युवा समाजसेवी राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको राजन बस्नेतले संचालन गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!