Search

भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दोलखा स्वास्थ्य चौकीमा ५५ बर्ष देखि माथीकालाई भेरोसिल पहिलो डोजको खोप

भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दोलखा स्वास्थ्य चौकीमा ५५ बर्ष देखि माथीकालाई भेरोसिल पहिलो डोजको खोप

करुणा श्रेष्ठ,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला खोप समन्वय एवंम अनुगम समितिको निर्णयअनुसार जिल्लाका दुई नगरपालिका सहित सात वटा गाउँपालिका गरि ९ वटै स्थानीय तहमा कोभिड १९ विरुद्धको खोप भेरोसिलको पहिला खोप लगाउने भनी गएको अषाढ ३१ गते सूचना जारी गरिएको थियो । जस अनुसार भीमेश्वर नगरपालीका वडा नं. २ मा कोभिड १९ विरुद्धको भेरोसिल खोपको पहिलो मात्राको खोप श्रावण २ गतेदेखि गतेदेखि ५ गतेसम्म लगाउने कार्यक्रम अनुसार श्रावण २ र ३ गते भिमेश्वर नगरपालिका–२ पाखलति स्थित दोलखा स्वास्थ्य चौकीमा कोभिड १९ विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगाईएको छ ।

५५ बर्ष देखि माथि ६५ वर्षसम्मका सर्वसाधारण महिला र पुरुष, विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिका तथा व्यवसायीहरुलाई गरि जम्मा २५० जनालाई पहिलो मात्राको भेरोसेल खोप लगाइएको छ ।
यसै गरी गगरस, फुलपा, नेगल, डोकथी, खेलाप नागदह लगाएतका स्थानहरुका वासिन्दाहरुलाई दिललुङा स्वास्थ्य क्लिनिकमा २ गते खोप दिईएको थियो ।

यस खोपले संसारभरि फैलिरहेको महाव्याधि कोभिड–१९ को जोखिमबाट सर्वसाधारण नागरिक, पेशा व्यवसायी, कर्मचारी तथा शिक्षण पेशामा संलग्न शिक्षक शिक्षिकाहरुलाई केही हदसम्म कोभिडको संत्रासबाट जोगाउने छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!