Search

गौरीशंकर सामुदायिक पुस्तकालय चरिकोटले अपाङ, जेष्ठ नागरिक र एकल महिलालाई खाद्यान्न सहयोग

गौरीशंकर सामुदायिक पुस्तकालय चरिकोटले अपाङ, जेष्ठ नागरिक र एकल महिलालाई खाद्यान्न सहयोग

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका चरिकोट स्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज ६० जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कोभिड १९ संक्रमणको यो समयमा विशेष गरि अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई थप समस्या पर्ने भएकाले भीमेश्वर नगरपालिकाभित्र रहनुभएका ६० जनालाई प्रति व्यक्ति एक बोरो चालम, दुई केजी दाल, चार पोका नुन र दुई वटा साबुन वितरण गरिएको गौरीशंकर पुस्तकालय चरिकोटका अध्यक्ष कृष्ण बस्नतेले जानकारी दिनुभयो ।

गौरीशंकर सामुदायिक पुस्तकालय चरिकोटले अपाङगता भएका व्यक्ति, एकल महिला लगायत ६० जनालाई आज एक कार्यक्रमका बिच खाद्यान्न सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, तारा दल गणका गणपति अनिल क्षेत्री, प्रहरी नायव उपरिक्षक भेषराज रिजाल, सशस्त्र प्रहरी नायव उपरिक्षक बुद्धिनारायण महर्जन, कालिञ्चोक एफ एमका स्टेशन म्यानेज जीवन लामा, पत्रकार शम्भु गौतम लगायतको उपस्थिति रहेको थियो ।
गौरीशंकर सामुदायिक पुस्तकालय चरिकोटले निषेधाज्ञाको सयमा विभिन्न निकायलाई स्वास्थ्य सामग्री समेत सहयोग गर्दै आईरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!