Search

दोलखा जिल्लामा ४० जना कोरोना संक्रमण निको, थप १० जना संक्रमण

दोलखा जिल्लामा ४० जना कोरोना संक्रमण निको, थप १० जना संक्रमण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज एकैदिन ४० जना संक्रमित निको भएका छन् । यसै गरी चरिकोट अस्पतालको पिसिआर ल्याबमा २८ जनाको स्वाब परिक्षण गरिएकामा १० जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका ४ पुरुष र २ महिला, बैतेश्वर गाउँपालिकाका १ पुरुष, तामाकोशी गाउँपालिकाका १ पुरुष, गौरीशंकर गाउँपालिकाका १ महिला, मेलुङ गाउँपालिकाका १ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

आज थप १० जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ९१ जना पुगेको छ ।
यसै गरी आज भीमेश्वर नगरपालिबाट १० पुरुष र २८ महिला, जिरी नगरपालिकाबाट एक पुरुष र एक महिला, कालिञ्चोक गाउँपालिकाबाट २ महिला गरि कुल ४० जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो ।
संक्रमित मध्य चरिकोट अस्पतालमा हाई डिपेन्डेन्सि युनिटमा ४ जना छन् भने सिंगटी अस्पतालमा ११ जना आईसोलेशन वार्डमा उपचाररत छन् ।
यसैबिच जिल्लामा बैशाख महिना देखि हालसम्म ४ हजार ४ सय २० जनाको पिसिआर परिक्षण गरिएकामा १ हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार २२ जनाको एन्टिजिन परिक्षण गरिएकामा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले आफ्नो अध्यावधी प्रतिवेदनमा जनाईएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!