Search

सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर

सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर

बाँपीझ्याला, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरेका छन् । आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भट्टराईले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको एउटा पाटो भएको भन्दै यो मुद्दालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने बताएका हुन् ।

कैलालीबाट प्रत्यक्ष निर्वाचन जितेका रेशम चौधरीलाई लामो समयदेखि जेलमा राखिएको भन्दै उक्त घटनालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने भट्टराईले बताए ।

उनले भने, ‘माननीय रेशम चौधरी थरुहट विद्रोहकै एउटा बन्दी हुन्, यसमा किन्तु परन्तु छैन । हामीले यसमा कुनै उपाय निकाल्न सकिन्छ । झापा आन्दोलन, टिमुरबोटे र ओखलढुङ्गा काण्ड, जनयुद्धका समस्याहरू हल गर्‍यौँ भने टिकापुर थारु विद्रोहको हल किन गर्न नसक्ने ? त्यसकारण त्यहाँ पनि हल निकाल्न सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ । त्यसैले त्यसलाई हल गरौं ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!