Search

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले एक वर्षको अवधीमा २ शय जना भन्दा बढी सवारी चालकहरुको स्वास्थ्य परिक्षण

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले एक वर्षको अवधीमा २ शय जना भन्दा बढी सवारी चालकहरुको स्वास्थ्य परिक्षण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
जिल्ला ट्राफिक कार्यालय चरिकोट दोलखाले आर्थिक वर्ष २०७७÷०७८ को अवधी एक वर्ष भित्रमा दुई शय एकतिस जना सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लामा कार्तिक महिनामा २० वटा ठुला तथा सवारी साधन चलाउन चालक तथा सह–चालकहरु गरी जम्मा ५८ जनामा रक्तचाप, प्रेसर र चिनी रोगहरु परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोट दोलखाका प्रहरी जवान सुरेन्द्र ढकालले बताउनु भयो ।

वहाँका भनाई अनुसार मंसिर महिनामा ४५ जना, पौष महिनामा ४६ जना, माघ महिनामा ४५ जना र चैत्र महिनामा ५२ ठुला तथा साना सावारी साधन चलाउने चालक तथा सह–चालकले स्वास्थ्य परिक्षण गरिएका छन् । यसै गरी जिल्लामा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७÷०७८ को कार्तिक महिनाबाट सवारी चालक तथा सह–चालकको स्वास्थ्य परिक्षण संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!