Search

दोलखा जिल्लामा भोली ३ गते देखी मतदाता नामावली संकलन तथा अध्यावधी कार्य शुरु

दोलखा जिल्लामा भोली ३ गते देखी मतदाता नामावली संकलन तथा अध्यावधी कार्य शुरु

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा भोली श्रावण ३ गते देखी मतदाता नामावली संकलन तथा अध्यावधी कार्य शुरु गर्दैछ । निर्वाचन आयोग केन्द्रिय कार्यालय काठमाण्डौंले मतदाता नामावली संकलन तथा अध्यावधी कार्य फेरी शुरु गर्ने निर्णय गरे संगै दोलखा जिल्लामा पनी नामावली संकलन दर्ता कार्यक्रम शुरु हुने भएको छ ।

यसै गरी भोलीदेखि मतदाता परिचय पत्रमा त्रृटी भए सच्याउन र झुठा बिवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भएमा उक्त नाम मतदाता नामावलीबाट हटाउन उजुरी दिन सक्ने निर्बाचन आयोगको कार्यालय दोलखाले जनाएको छ ।

यसै गरी विवाह वा बसाई सराईका कारण मतदाता नामावलीमा रहेको ठेगाना परिवर्तन गर्न चाहेमा स्थानिय तहको वडाहरुमा एकभन्दा बढी मतदान स्थल भएको अवस्थामा आफुलाई पाएक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न सकिने भएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधी सभा पुर्नस्थापना भएसँगै पूर्व घोषित मितीमा निर्वाचन नहुने भन्दै मतदाता नामावली संकलन तथा अध्यावधीक कार्य शुरु गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!