Search

दोलखा जिल्लामा हालसम्म २ हजार ३ शय ५५ जनामा कोरोना संक्रमण पुष्टी, २ हजार १४ जना संक्रमण निको र १० जनाको मृत्यु

दोलखा जिल्लामा हालसम्म २ हजार ३ शय ५५ जनामा कोरोना संक्रमण पुष्टी, २ हजार १४ जना संक्रमण निको र १० जनाको मृत्यु

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा हालसम्म २ हजार ३ शय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ हजार ३ सय ३६ जना पुरुष र १ हजार १९ महिला गरी जम्मा दुई हजार तिनसय पचपन्न जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी भीमेश्वर नगरपालीकाका ७ शय ७६ जना, जिरी नगरपालीकामा १ शय ३२, कालिञ्चोक गाउँपालीकामा १ शय ९२, गौरीशंकर गाउँपालीकाका १ शय ३७ जना र बीगु गाउँपालीकामा १ शय ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले बताएको छ ।

यसै गरी तामाकोशी गाउँपालीकाका ४ शय ४४ जना, शैलुङ गाउँपालीकामा १ शय ५२ जना, मेलुङ गाउँपालिकाका १ शय ६८ जना र बैत्तेश्वर गाउँपालीकाका १ शय ६९ जनामा संक्रमण पुष्टी भएको हो ।

यसै गरी जिल्लामा हालसम्म २ हजार १४ जना कोरोना संक्रमण निको भएको छ । जसमा १ हजार १ शय २१ पुरुष र ८ शय ९३ महिला रहेका छन् । यसरी हालसम्म दुई हजार चौध जना निको भएका छन् । यसै गरी जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!