Search

काँग्रेस क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा

काँग्रेस क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा

बाँपीझ्याला, काठमाडौं । नेपाली कांग्रेसको ७५ जिल्लाहरूबाट पठाइएका क्रियाशील सदस्यहरूको फाइल हेरेर छानविन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता प्रदीप पौडेलले बताउनुभयो । अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरूको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने उहाँको भनाइ छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएका छन् । तर, यसमा कतिपय सदस्य उजूरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ ।

प्राविधिक काम मात्र बाँकी रहेको चार दिनभित्र क्रियाशील सदस्यको हार्डकपी सभापतिलाई बुझाउने पौडेलले बताउनुभयो । उहाँले महाधिवेशन कार्यतलिकामा केही फेरबदल हुने पनि जानकारी दिनुभयो । क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यसको टुंगो लागेपछि धेरै काम सकिने र धमाधम महाधिवेशन सुरु हुने बताउनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!