Search

पछिल्लो २४ घण्टामा १ हजार ३१० जनामा सङ्क्रमण पुष्टि, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३१० जनामा सङ्क्रमण पुष्टि, २१ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा १ हजार ३१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १६४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५२७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!