Search

दोलखामा कृषि केन्द्र एक अवधारणा

दोलखामा कृषि केन्द्र एक अवधारणा
आत्माकृष्ण श्रेष्ठ
समाजसेवी, बरिष्ठ ईञ्जिनियर

कृषि प्रधान देशको नामले ख्याती प्राप्त देश नेपाल । यहाँको जनसंख्याको पैसठ्ठी प्रतिशत बढी जनसंख्याको जिउँने आधार र पेशा कृषि नै रहेको छ । यसरी मुलुकको अर्थतन्त्रको ३० प्रतिशत आम्दानी कृषिबाटै नै भएको पाईन्छ । तर सरकारको नेतृृत्व गरिरहेका जिम्मेवार व्यक्तित्वहरुले यसको प्रबद्र्धनमा चासो दिएको पाईन्दैन र ओठे प्रतिवद्धतामै सिमित रहेको पाईन्छ । बर्षो बर्षदेखी कृषिमा बजेट विनियोजन र कृषि उत्पादकत्व बढाउन करिबद्ध हुन सकि रहेको अवस्था छैन । यसरी कृृषि बस्तुको आयात बर्षको शय बर्ष नाघि सकेको छ । हामी नेपालीलाई हाम्रो देश कृषि प्रधान देश भन्न लाजमर्दो भएको अवस्था सिर्जना भएको छ ।

नेपालको छिमेकी मुलकुहरु भारत, चिन, बङ्गलादेश, पाकिस्तानको दाँजोमा नेपालमा कृषि उत्पादन धेरै न्यून रहेको छ । उत्पादमा बृद्धि गर्न सकिरहेको अवस्था छैन । फलस्वरुप कृषि बस्तुहरु धान, मकै, जौ, फापर, फलफूल, तरकारी, मासुजन्य पदार्थ जस्ता बढी भन्दा बढी खपत हुने उपभोग्य सामाग्रीहरु ठुलो मात्रामा आयात गरी नेपाली जनताहरुको आवश्यकता पूर्ति गर्नु पर्ने अवस्था रहेको छ । यही सन्दर्भमा नेपालमा कृषि खेती पछाडी पर्नु कृषिको महत्व, आवश्यकता र अनी कृषि केन्द्रको दोलखामा स्थापनाको सन्दर्भमा छोटो अवधारण सहीत विश्लेषण गर्न खोजिएको छ ।

नेपालमा कृषि क्षेत्र पछाडी पर्नुमा नेपालका कृषि बिज्ञहरुले निम्न अनुसारको कारण औल्याएका छन् ।
 देशको परिस्थिती अनुसार सरकारले कृषि निती तय गर्न नसक्नु ,
 किसानहरुको माग अनुसार समयमै मल र गुणस्तरीय बिउ उपलब्ध हुन नसक्नु,
 किसानहरुमा समयानुसारको तालिम, शिक्षाको कमि,
 अधिकांश भागमा सिंचाई सुविधा नहुनु,
 व्यवस्थित कृषि बजार सेवा नहुनु भएका पनी अस्तव्यस्त हुनु र बिचौलियाहरुको कारणले किसानहरुलाई खुद मुल्य नपाउनु,
 साना तथा वास्तविक किसानहरुले सरकारी अनुदानबाट बञ्चित हुनु,
 खेती गर्दा किसानहरुले आफु अपेक्षित भएको महशुष गर्नु,
 कृषि पेशालाई सामाजिक दृष्टिकोणमा हेपाहा प्रविधीको विकास भएकोले युवा पुस्ताको आकर्षण घट्नु ।


यी आदी कारणले कृषि खेती प्रणाली दिन प्रतिदिन विस्थापित हुर्दै गएपनी नेपालको मुल आयस्रोत कृषि नै भएको ठहर हुन्छ । यसै गरी दोलखाको जिल्लाको मुटुमा रहेको भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहर दोलखामा रहेको स्थानिय वसिन्दाहरुको जिवनस्तरमा सुधार गर्दै अगाडी बढ्ने हो भने कृषि विकासका प्रभावकारी रुपले परिवर्तन गर्दै स्थानिय कृषकहरुलाई उत्साहित गर्दै सहभागी गराई कृषि कर्मलाई चलाएमान बनाउनु आजको मुल आवश्यकता रहेको छ । जसको लागि सकारात्मक परिवर्तन ल्याउनको लागि निम्न लिखित कार्यक्रमहरु समावेश गरिएको छ ।

एक कृषि सेवा केन्द्रको स्थापना गरी गैह् सरकारी संस्थाको रुपमा विकास गर्ने र यस कृषि सेवा केन्द्रले दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित दोलखामा रहेको खेती योग्य जमिनहरुलाई बाझो हुन नदिने, नगदेबाली, कृषिबाली, अन्न सागसब्जी बाली, फलफूल बाली आदीको उत्पादनमा प्रर्बद्धन गर्ने, कृषिलाई मर्यादित र उत्पादन बढाई स्थानिय युवा जनशक्तीलाई कृषि खेतीमा आकर्षण गर्ने गराउने लगायत विदेश पलायन हुने युवा बर्गहरुलाई रोकी कृषि कर्मबाटै दिगो रोजगारीको वातावरण उपलब्ध गराउने ।

यसै गरी कृषि केन्द्रले स्थानिय दोलखावासी एवं किसानहरुले उत्पादन गरेको नगदेवबाली, कृषि बाली, तरकारी मौसमी, बेृमौसमी तरकारीहरुको बिउ संकलन गरी किसानहरुलाई उचित मुल्य उपलब्ध गराउने, यसै गरी कृषि केन्द्रले मल संकलन र भण्डारण गरी उचित सुलभ मुल्यमा बिक्रि गर्ने, किसानहरुको प्रबद्र्धनको लागि समय समयमा बर्षमा एकपटक फेर महोत्सवको आयोजना गर्ने, स्थानिय राजकुलो, सिंचाई आदीलाई व्यवस्थीत गर्न सम्वन्धीत स्थानिय निकायहरु संगको सहकार्यमा व्यवस्थापन गर्ने, सहयोग गर्ने आदी । यसको लागि चारशय देखि पाँचशय बर्गफुटको भवन बनाउनुका साथै आवश्यक कार्यालय सामाग्रीहरु कम्प्युटर, फर्निचर र मल बीउ भण्डारण कक्षको व्यवस्थापन गर्नु पर्छ । केन्द्रको व्यवस्थापनको लागि कार्यालयमा कर्मचारी, बजेट व्यवस्थापन आदीको व्यवस्थापन गर्नु पर्दछ ।

यदि यी सवै मापदण्डहरु पुरा गरेको खण्डमा भोलीका दिनमा कृषि केन्द्रबाट दोलखाका स्थानिय कृषक समूदायहरुको लागि स्थानिय स्तरमै मल, बिउ बिजन उपलब्ध हुने र बेलैमा उत्पादन कार्यमा सहयोग पुगेको हुनेछ । यसै गरी किसानले उत्पादन गरेको बस्तुहरु किसानको हितको मुल्यमा खरीद भई सोही अनुसार बिक्रि बितरणको लागि सजिलो हुनेछ । कृषि केन्द्र र किसानहरु ीबच सद्भाव र मायाको विकास भएर व्यवसायीक सम्वन्ध सुदृढ हुनेछ । जुन कार्यको लागि भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्षको विशेष पहलमा यो कार्य सम्पन्न गर्नु पर्ने समेत बिचार यहाँ व्यक्त गर्दछु ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!